नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदाै ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३८ वर्षका उनको मंगलबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई प्रादेशिक अस्पताल भैरहवामा भदौ २८ गते कोरोना पुष्टि भएको थियो।
उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ।
बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तशैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो।
विरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो। पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर दुईका स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए।