कोरोना परीक्षण गर्ने भन्दै युवतीको गोप्य अङ्गबाट स्वाव लिएपछि…

कोरोना भाईरसको संक्रमणबाट विश्वका अधिकांश देश आक्रान्त छन् । कोरोनाका कहरबीच विभिन्न मुलुकमा अनौठा समाचार पनि बाहिर आइरहेका छन् । हालै भारतको महाराष्ट्रको अमरावतीबाट एउटा लाजमर्दो घटना घटेको छ।

जहाँ एक प्रयोगशाला टेक्नीशियनले कोरोना परिक्षण गर्ने भन्दै एक युवतीको गोप्य अङ्गवाट स्वाव लिएका छन् । यो घटना उजागर भए पछि हलचल मच्चिएको छ। युवतीले पुलिसमा उजुरी गरेपछि ति टेक्निसियन पक्राउ परेका छन् । प्रयोगशाला प्राविधिकको नाम अल्पेश अशोक देशमुख बताइएको छ । यो घटना अमरावतीको कोविड ट्रमा सेन्टर ल्याबको हो।



भारतीय समाचार संस्थाका अनुसार ति युवती एक स्टोरमा काम गर्छिन् । उनी एक कोभिड संक्रमितको सम्पर्कमा आएकी थिइनन्, त्यसपछि स्टोरका सबै कर्मचारीहरूलाई सावधानीका साथ सरकारी प्रयोगशालामा कोरोना टेस्ट दिइयो । थ्रोब स्वाव गरेपछि, प्रयोगशाला प्राविधिकले युवतीलाई भने कि तपाईको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले अब तपाईको पिसाव परीक्षण गर्नुपर्छ ।

कोरोना परीक्षण गर्ने वहानामा ति ल्याव टेक्निसियनले युवतीको गोप्य अङ्गको परिक्षण गरे । युवतीले यस वारेमा आफ्नो भाइलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । भाइलाई शंका लागेर चिकित्सकसँग यस वारेमा कुरा गरेपछि उनले बदमासी गरेको खुलेको हो । कोरोना परीक्षणका लागि गोप्य अंगको परिक्षण गर्न नपर्ने भन्दै चिकित्सकले भनेपछि युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।

महाराष्ट्रका महिला तथा बाल विकास मन्त्री यशोमती ठाकुरले घटनालाई गम्भीरताका साथ लिएको बताएकी छन् । ति ब्यक्तिलाई कडा कारवाही गर्न निर्देशन दिएकी छन् ।

सम्बन्धित समाचार