
नवलपरासी पूर्वमा दुईजना पत्रकारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार नवलपुरका ४१ वर्ष र २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आइसोलेशनमा भर्ना भएर बसेका पत्रकारको परिवारमा समेत संक्रमण देखिएको हो । उनकी ३७ वर्षीया श्रीमती र १४ वर्षीया छोरीमा पनि संक्रमण पुष्टि भएको चापागाइँले बताए ।
संक्रमित पत्रकारकी श्रीमती र छोरीमा संक्रमण देखिएपनि उनका छोरामा भने संक्रमण देखिएको छैन । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको छ । समुदायमा संक्रमण देखिएरनदेखिएको परीक्षण गर्ने क्रममा पत्रकारको पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनको परिवारको पनि पीसीआर परीक्षण गरिएको थियो ।
नवलपुरका ५० जना पत्रकारको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।त्यसमध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।
