प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै गगन थापाले भने, ‘आजको अवस्था हाम्रा परिस्थिति वा नियतीले होइन, यो तपाईंको अकर्मण्यताका कारणले आएको हो’

नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनि प्रधानमन्त्रीको अहंकार, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका हुन् ।



उनले अब त केही संवेदनशीलता पलाउँछ कि भन्ने आशाका साथ पुन : प्रधानमन्त्रीलाई पत्रमार्फत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।  पत्रमार्फत थापाले कोरोना महामारी रोक्न तत्काल चाल्नुपर्ने कदमबारे पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

 

सम्बन्धित समाचार