काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



उनका अनुसार कोभिड-१९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ५ जिल्ला

१. पर्सा
२्. महोत्तरी
३. रौतहट
४. काठमाडौं
५. माेरङ

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

सम्बन्धित समाचार