पाँच जना संक्रमित भेटिएपछि तारकेश्वर-८ सिल

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्रमा ५ जना कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको हो ।

पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक्ष घिमिरेले बताए । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने भएको बढीमा पाँच दिन पूर्वमा ज्ञानभूमि स्कुलको उकालो, पश्चिममा महादेव खोला, उत्तरमा शिव नगरटोल र दक्षिणमा भूपू सैनिक टोलको ठाडोबाटोसम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।



आज मात्र काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् ।

नेपालभर मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टायता ७ जनाको निधन भएको हो ।

सम्बन्धित समाचार