नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेसँगै ज्यान गुमाउनेकाे संख्या पनि निरन्तर बढिरहेको छ । यसैक्रममा ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर रिपोर्ट पोजेटिभ आएकी महिलाको उपचारका क्रममा निधन भएको उल्लेख गरेको छ ।
विज्ञप्ति हेर्नुहोसः