आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा विभिन्न स्थानमा भारी वर्षा हुने भएकोले सतर्क रहन भन्दै महाशाखाले चेतावनी तथा परामर्शमा पत्र नै जारी गरेको छ।

महाशाखाले जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– ‘बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’



आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार