
मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ । केहीबेरअघि मात्रै घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।
राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए ।
दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।
