पशुपंक्षी तथा जनावर प्रेमी दुबईका राजकुमार, जसले दिए आफ्नै मर्सिडिजमा चरालाई गुँड लगाउन (भिडियोसहित)

दुबईका राजकुरमा शेख हमदन बिन मोहम्मद बिन राशिद अल मकतुमको सम्पत्तिको विषयमा सायदै कोही जानकार नहोलान् । ३७ वर्षीय राशिद उनको अचम्मको बानीका कारण चर्चित छन् । कवि ह्दयका राशिद ‘फाजा’ को उपनामले पनि चिनिन्छन् । शेख मोहम्मद बिन रसिद अल मकदुमका १२ सन्तानमध्ये दोस्रो छोरा फाजाको सम्पत्ति मात्र ४०० मिलियन डलर रहेको छ ।

उनीसँग महंगो गाडीको सिरिज नै छ। भर्खरै मात्र फाजाको महंगो गाडी मर्सिडीज ‘एसयुवी’ मा एउटा चराले गुँड बनाएको थियो । यो देखेपछि फाजाले आफ्नो त्यो गाडी नै प्रयोग गर्न बन्द गरेका थिए। पछि चराले यही गाडीमा अन्डा दियो र अहिले बच्चालाई जन्म दिएको छ । चरालाई गुँडसम्म पुग्न गाह्रो नपरोस् भनेर फाजाले आफ्नो मर्सेडीज गाडीलाई अलग्यै राखेर सुरक्षाका लागि रातो टेपले घेराबन्दी गरेका थिए ।



यही १२ अगस्टमा फाजाले आफ्नो इन्स्टाग्राममा चराको १ मिनेट २० सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । जसमा चराले गुँड बनाउँदै गरेको, अण्डा दिएको तथा बच्चा जन्माएको क्षण समावेश गरिएको थियो ।

यो भिडियो अहिले निकै भाइरल भएको छ । २३ घण्टा भित्रै भिडियोलाई १६ लाख मानिसले हेरेका थिए । गत जुलाई ३० मा मात्र फाजाले पैसाको अभावमा अस्पतालमा उपचार गराइरहेकी एक नाइजेरियाली महिलाको सबै रकम तिरिदिएका थिए ।

उनले ४ बच्चालाई जन्म दिएकी थिइन्। फाजाले मेडिकल इन्सुरेन्स नभएको नाइजेरियाली महिलाको अस्पतालको १ लाख ८ हजार अमेरिकी डलर बराबरको बिल तिरिदिएका थिए ।

बेलायतको स्याण्डहर्समा अध्ययन गरेका फाजा परोपकारी मनका कारण थुप्रै पल्ट चर्चामा आइसकेका छन्। उनको इन्स्टाग्राममा मात्र १ करोड फलोअर्स छन् ।

 

https://www.instagram.com/tv/CDyiYDxpPKb/?utm_source=ig_embed&utm_campaign=loading

सम्बन्धित समाचार