निर्वाचन आयोगद्वारा नेकपा एमाले दर्ता, निर्वाचन चिन्ह उदाउँदै गरेको सूर्य

निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ। सो दलले गत असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो।

सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।



आयोगले आज बुधबार नै दल दर्ता गर्ने निर्णय गरेको हो। दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिने छ। साथै, सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशित पनि गर्ने छ। एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

केही समयअगाडि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमै नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको आरोप लगाएका थिए। ओलीले उक्त कुरा स्वीकार गरेका थिएनन्। गत असार १२ गते तिवारीले दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्।

सम्बन्धित समाचार