यस्तो छ नेकपाको कार्यदलले तयार पारेको सहमतिको खाका

नेकपामा विवाद समाधान गर्न बनेको कार्यदलले सहमतिको खाका तयार गरेको छ । चार दिनयता लगातार बसेको कार्यदलको बैठकले सहमतिको खाका तयार गरेको बताइन्छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सहमतिको खाका तयार गरेको र उक्त खाकालाई अन्तिम रुप दिएर छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने तयारी भएको महासचिव विष्णु पौडेलले बताए ।

विहीबार बस्ने बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ । स्रोतका अनुसार महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्ताव कार्यदलका सदस्यहरुलाई अध्ययनका लागि दिइएको थियो । अन्य सदस्यहरुले महासचिवको खाकामा मुलत सहमति जनाएके बताइन्छ ।



महासचिव पौडेलले तयार पारेको प्रस्तावमा प्रधानमन्त्री केपीशर्मा ओलीले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने र महाधिवशेनसम्म पार्टी अध्यक्ष रहने उल्लेख भएको बताइएको छ। त्यस्तै कार्यकारी अध्यक्षको कार्यक्षेत्र स्पष्ट पार्ने, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरुको फेरबदल, राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेर गर्ने लगायत रहेको बताइएको छ।

गत शुक्रबार महासचिव पौडेल संयोजक रहनेगरी स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

सम्बन्धित समाचार