कोरोनाबाट विश्वभर ७ लाख ९० हजारभन्दा बढीको निधन, २ करोड २५ लाखभन्दा बढी संक्रमित

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि विहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ९७७ पुगेको छ । संक्रमितमध्ये १ करोड ५३ लाख ८५३ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार १७४ जनाको मृत्यु भएको छ । ३२ लाख ४७ हजार ४३८ जना संक्रमित भएकोमा १९ लाख ४१ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५२ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख २१ हजार ६६१ पुगेको छ । त्यसमध्ये ३७ लाख ४६ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा १ लाख २४ हजार ९२० जनाको मृत्यु भएको छ । ५९ लाख २७ हजार ९९२ जना संक्रमित भएकोमा ४६ लाख ३३ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८१ हजार ६९५ जनाको मृत्यु भएको छ । ५४ लाख ८४ हजार ३९१ जना संक्रमित भएकोमा ४० लाख ७८ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २६ हजार ६८५ जनाको ज्यान गएको छ भने ११ लाख ५१ हजार ६९५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ७४ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४७६ जनाको मृत्यु भएको छ । २६ हजार २५१ जना संक्रमित भएकोमा १६ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २८ हजार ९३८ जनामा संक्रमण पुष्टि भएकोमा १२० जनाको निधन भैसकेको छ । १७ हजार ७ सय जना भने उपचारपछि निको भएको छ ।

सम्बन्धित समाचार