काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना परे कारबाहीमा

कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंमा बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेका हुन् ।



अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए ।

सम्बन्धित समाचार