प्रहरीले कर्मचारी रोकपछि बैंकहरुको सेवा बन्द

न्यूनतम कर्मचारी सङ्ख्यामा न्यूनतम शाखा सञ्चालन गरेर सेवा दिने तयारी बैंकहरुले गरे पनि बिहीबार सेवा अवरुद्ध भएको छ । कर्मचारीहरू बाटो-बाटोमा रोकिएपछि बिहीबार सेवा बन्द गर्नु पर्रेको बैंकहरूले बताएका छन् ।

बैंकर्स संघको बैठकले बिहीबार शाखा नखोल्न पत्राचार गरिसकेको छ । प्रहरीले कर्मचारीलाई बाटोमा रोकेपछि बिहीबारलाई रोक्ने निर्णय लिइएको हो ।



नेपाल राष्ट्र बैकले न्यूनतम कर्मचारीमा न्यूनतम शाखा पालो गरेर खोल्न र एटीएम तथा अनलाइन कारोबारमा प्रोत्साहन गर्नका लागि निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक खोल्ने तयारी गरिएकोमा प्रशासनले समन्वयन गर्न नसक्दा बैंक चलाउन गाह्रो भएको उनीहरुको गुनासो छ ।

सम्बन्धित समाचार