चरेशसहित युवती पक्राउ

लागूऔषध नौ किलोग्राम ३५० ग्राम चरेशसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेश फेला पारेको जानकारी दिए । थिङका पति फुलबहादुर तामाङ भने फरार छन् । थिङमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।



सम्बन्धित समाचार