
वीरगन्ज कोरोना संक्रमणका कारण वीरगंजमा शुक्रबार दिउँसो थप एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाट बस्ने ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
संक्रमण पुष्टि भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । गत श्रावण ३१ गते ती पुरुषको स्वाव संकलन भएकोमा त्यसको भोलिपल्ट श्रावण ३२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषको कुनै ट्राभ्ल हिस्ट्रि नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ।मृतक पुरुषमा ज्वरो, खोकी श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
