कोरोनाबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरैको मृत्यु, मुत्यु हुनेहरु कहाँकहाँका थिए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।



प्रवक्ता डा. गौतमका अनुसार मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

सम्बन्धित समाचार