नेकपा कार्यदलको प्रतिवेदन तयार, आजै अध्यक्षद्वयलाई बुझाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।  कार्यदलले प्रतिवेदन आजै अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको छ । ओली-प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदलले छिट्टै प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको थियो ।

कार्यदलमा पार्टीले सरकार सञ्चालन गर्नूपर्ने र एक व्यक्ति एक जिम्मेवारीका विषयमा सहमति जुट्न नसकेको बताइएको छ । कार्यदल सदस्य भीम रावल काठमाडौं बाहिर रहेकाकाले प्रतिवेदन फाइनल हुन नपाएकोले आजै साँझसम्म फाइनत प्रतिवेदन तयार गरेर अध्यक्षद्धयलाई बुझाउने तयारी छ ।



नेकपा कार्यदलले यसअघि अध्यक्षद्वयबीच भएको सहमतिका आधारमा प्रतिवेदन तयार गरेको बताइएको छ । अध्यक्षको प्रष्ट कार्यविभाजन, पार्टीको महाधिवेशन, मन्त्रिमण्डलका सदस्य परिवर्तन, केही मुख्यमन्त्रीको हेरफेर, राजनीतिक नियुक्तिलगायतका विषयमा प्रतिवेदनमा सुझाव समावेश भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदल गठनपछि पनि प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि ओली प्रचण्डबीच दुरी बढेको बताइन्छ । त्यसको असर कार्यदलमा पनि परेपछि विस्तृत सहमतिको खाका तयार नगरिकन औपचारिकता पुरा गर्नेगरी कार्यदलले प्रतिवेदन पेश गर्न लागेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार