कोरोना संक्रमित बढेपछि चितवनमा जिल्लाभर थप एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।



स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

उनका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म लागू हुने छ ।

सम्बन्धित समाचार