नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदाै ।

मौसम पूर्वानुमान महाशाखालेशनिबारको मौसम पूर्वानुमान जारी गर्दै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
