वीपी प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

धरान स् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ । कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्मा थेरामी गरिएको हो ।

प्रहरी हबल्दारले रक्तदान गरे पश्चात धरान १५ का ६९ वर्षीय बृद्धलाई शुक्रबार राति प्लाज्मा थेरापी गरिएको वीपी प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्राडा संजिवकुमार शर्माले बताए । कोरोना भाइरसको संक्रमण देखा परेपछि हप्तादिन अगाडि प्रतिष्ठानको लेभल थ्री कोभिड अस्पतालको भेण्टिलेटरमा उपचाररत बृद्धलाई प्लाज्मा थेरापी गरिएपश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको डा. शर्माले जानकारी दिएका छन् ।



प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको मात्र रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरिरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउन सुरु गरिएको पनि डा। शर्माले बताए ।

रेडक्रस सुनसरीका सभापति उमेश थापाले कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरुको रगत संकलन गरी प्रतिष्ठानमा उपचाररत संक्रमित बिरामीहरुलाई प्लाज्मा उपलब्ध गराइएको बताए । उनले प्रदेश १ का कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिहरुको पहिचान गरी रक्तदान गर्न लगाई रेडक्रसले प्लाज्मा बैंक स्थापना गर्न लागेको जानकारी दिए ।

यस अगाडि धरान ८ का ६७ वर्षीय बृद्धलाई पनि पहिलो पटक प्लाज्मा थेरामी गरिएको थियो । पहिलो पटक प्लाज्मा थेरामी गरिएका ती बृद्धाको स्वास्थ्य अवस्था पहिलाभन्दा धेरै सुधार भएको पनि डा। शर्माले बताएका छन् ।

सम्बन्धित समाचार