नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको भिडन्तमा पाँचजना पाकिस्तानी घुसपैठकर्ता मारिएको भारतीय सुरक्षाकर्मीले दाबी गरेको छ । शनिबार बिहानै सीमा सुरक्षा बल (बिएफएस) को कारवाहीमा पाँचजना पाकिस्तानी मारिएको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले खबर प्रकाशित गरेको छ ।
पञ्जाबसँग जोडिएको भारत–पाकिस्तान सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेको विशेष सूचनाका आधारमा बिएफएसले कारवाही अभियान सञ्चालन गरेको सुरक्षा अधिकारीले बताएका छन् ।
सीमा नाघेर भारतीय क्षेत्रमा घुसपैठ गरेकाहरुलाई रोकिन भन्दा भागेको र सुरक्षाकर्मीमाथि गोली प्रहार गरेकाले आत्मरक्षाका लागि बिएफएसले प्रहार गरेको गोली लागेर पाँचजनाको ज्यान गएको दाबी सुरक्षा अधिकारीको छ ।