नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदाै ।
अस्पतालका कर्मचारीलाई राख्न आफ्नो टोलमा क्वारेन्टिन बनाएको भन्दै मध्यबानेश्वरका बासिन्दाले विरोध गरेका छन् । निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालका कर्मचारीलाई राख्न मध्य बानेश्वरमा रहेको लडबुद्ध ब्वाइज होस्टेललाई क्वारेन्टिन बनाइएको थियो ।
स्थानीयबासीले आफ्नो टोलमा स्वास्थ्यकर्मी बस्ने क्वारेन्टिन बनाएको भन्दै शनिबार बिहान घर नै घेराउ गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीका लागि मध्यबानेश्वरमा क्वारेन्टिन बनाइएको र स्थानीयबासीले अवरोध गरेको सिभिल अस्पतालले जनाएको छ ।
सिभिल अस्पतालले क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीमा तनाव हुने गतिविधि भएको जनाउँदै स्थानीयबासीसँग समन्व गराउन काठमाडौं महानगरपालिका ३१ को वडा कार्यालयलाई पत्र लेखेको छ ।