
बनेपाको भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाइएको छ ।
अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएकोले वडा कार्यालयले सो क्षेत्रमाआवत जावतमा रोक लगाएको हो ।
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्रआवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा। नरेन्द्रकुमार झाले स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ जनासहित धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिए ।

