नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।

लमजुङमा ५ दिनदेखी जारी लकडाउन थप ५ दिन थपिएको छ । अर्थात भदौ १२ गते राती १२ बजेसम्मलाई निरन्तरता दिइएको छ । यसअघि जारी गरिएको लकडाउन आज राति १२ बजेसम्म रहेकोमा आज जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले थप ५ दिन थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
लमजुङमा पछिल्लो समय सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा संक्रमण फैलिएकाे आशंकामा स्वाबहरु संकलन गरि परीक्षण गर्ने क्रम तिब्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्ति अनुसार सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका र दुधपोखरी गाउँपालिकामा अत्यावश्यक पसलहरु बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ ।

