
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा रुपन्देहीमा आइतबार कोरोनाबाट मृत्यु भएका दुई जना समावेश छैनन् ।

