नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।

नेपालमा आज (सोमवार) थप ७४३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
