कार्यदलको प्रतिवेदनबारे छलफल गर्दै ओली–प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता हुने भएको छ । बिहान ९ बजे तय भएको भेटमा दुवै अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ।

पार्टी विवाद समाधान गर्न दुई अध्यक्षले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले हप्तादिन लगाएर गत शनिबार प्रतिवेदन बुझाएको थियो। दुई अध्यक्षले प्रतिवेदनका विषयमा केन्द्रित भइ छलफल गर्ने जनाइएको छ।



कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए सचिवालयबाट अनुमोदन हुनेछ। कार्यदल प्रतिवेदनमा केन्द्रित भइ स्थायी कमिटीमा छलफल हुने भएको छ। यसअघि अध्यक्षद्धयबीच हिजो छलफलमा जुट्ने तयारी भएपनि अन्तिममा स्थगित भएको थियो ।

सम्बन्धित समाचार