‘आलु जस्तो गायक’पछि दुर्गेशको ‘बाँसको डोको’ सार्वजनिक (भिडियोसहित)

गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’को चर्चा सेलाउन नपाउँदै उनी अभिनित अर्को लोक गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम ‘बाँसको डोको’मा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र कमल परियारले सघाएका छन् ।

‘बाँसको डोको’मा गायक साजन कुवँर र शान्ति श्री परियारको स्वर रहेको छ भने संगीत पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ ।



सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो दुर्गेश थापाकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=QPWmBqZRRUM

सम्बन्धित समाचार