
कोरोनाका कारण काठमाडौँ महानगरपालिका वडा २१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको निधन भएको छ ।
वडा २१ कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रसका सचिव राजकुमार नकर्मीले जानकारी दिए ।
उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट वडा अध्यक्षको प्रत्यासी थिए ।
संक्रमणका कारण उनको केही दिनदेखि अवस्था चिन्ताजनक थियो ।

