नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा आज (मंगलवार) थप ८५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

नेपालमा हिजो (सोमवार) ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार