
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै मंगलबार देशभर ८५५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

