मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि, मलामीको खोजी हुँदै

कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको शव घर ल्याउने क्रममा बाटोमै संकलन गरिएको थियो ।

उनको अन्त्येष्टिमा १५० जना मलामी गएको स्थानीयले बताए । अहिले उनीहरुको खोजी भइरहेको छ । उनले मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको बुधवार स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ ।



झाडापखालाका कारण उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले बताएको थियो । मृत्युपछि स्वाब परीक्षण गरिएकामेमा आज मात्र कोरोना पुष्टि भएको हो ।

सम्बन्धित समाचार