चितवनमा बिहानै थपिए ४४ जना कोरोना संक्रमित

चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा ५ वर्षे बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ७१ वर्षीया वृद्धा पनि छन्।

अस्पतालका प्रमुख डा नितु अधिकारीका अनुसार संक्रमण पुष्टि भएका मध्ये ४० जना चितवन ठेगाना भएका हुन्। यससँगै चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । बाँकी ४ जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका छन्। अन्य जिल्ला ठेगाना भएकाहरूको स्वाब पनि भरतपुरकै अस्पतालहरूबाट संकलन गरिएको हो ।



नयाँ संक्रमितहरूमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन् । उनीहरूको स्वाबको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट लिइएको थियो । चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ।

सम्बन्धित समाचार