लमजुङका २० जनामा कोरोना संक्रमण पुष्टि

लमजुङमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै बेसीसहर–८ का अन्य दुई जनामा पनि संक्रमण देखिएको छ ।



यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । गण्डकी प्रदेशमा भने थप २३ जना संक्रमित बढेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या १९३६ र निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ ।

सम्बन्धित समाचार