नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो ।
जसअनुसार काठमाडौंमा २ सय ७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले जानकारी दिन ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । हिजो मात्र उपत्यकामा ३ सय १ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

