लमजुङमा आज भेटिए ३ जना कोरोना संक्रमित, कहाँका हुन् उनीहरु ?

आज लमजुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका तीन जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित बेशीशहरमा कार्यरत २ जना नेपाली सेनाका जवान हुन् भने एक जना बेशीशहर नगरपालिकाका कर्मचारी हुन् ।



यसअघि हिजो मात्र लमजुङमा २३ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा भदौ १२ गते राति १२ बजेसम्मलाई लकडाउन गरिएको छ ।

सम्बन्धित समाचार