डब्लुएचओका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर गरे यस्तो आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि जोश भ्यान्डेलरले नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा भ्यान्डेलरले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी दिए । उनका अनुसार नेपालमा अझै कोरोनाका संक्रमित बढ्न सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने भ्यान्डेलरको भनाइ थियो ।



नेपालमा मृत्युदर अन्य देशको भन्दा कम रहेको हुँदा लाग्नेबित्तिकै मरिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो । उनले स्थानीय तहलाई बढी क्रियाशील बनाउन पनि आग्रह गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार महामारीले उग्ररुप लिइरहेको हुँदा सचेत रहन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार