नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।
विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ११ हजार ९८९ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ७० लाख ८० हजार ८७० जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३५ हजार ३०९ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७०५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । ६६ लाख ८१ हजार ८३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १३० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९१६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९१४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने ३५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएकोमा १८३ जनाकको निधन भैसकेको छ । २० हजार ७३ जना भने उपचारपछि निको भएका छन् ।