आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

शुक्रबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित प्रदेशका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।



साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

सम्बन्धित समाचार