धरानमा बिहानै दुई संक्रमितको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो।

बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको हो।



योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। तीमध्ये प्रदेश १ का २० जना र प्रदेश २ बाट उपचारका लागि आएका ७ जना छन्।

सम्बन्धित समाचार