कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागाएको जापानको दाबी

जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ ।

जापानको फुजिता हेल्थ युनिभर्सिटीका अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच पीपीएमको ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेका हुन ।



कम घनत्व भएको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको अध्ययनमा सग्लन बैज्ञानिकहरुको भनाइ छ । यो अध्ययनले अस्पताललाई पनि सुरक्षित राख्न सकिने देखिएको बताइएको छ ।

सम्बन्धित समाचार