नवकान्तिपुर संवाददाता
विराटनगर, १२ भदौ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।
स्वासप्रस्वासमा समस्या भएपछि बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनले बताए ।
बिहीबार राती करिब साढे १० बजे केन्द्रमा भर्ना गरिएकी बिरामीमा फोक्सोको रोग थियो । महिलाको शव ब्यवस्थापनको तयारी भइरहेको केन्द्रले जनाएको छ ।

