पर्सामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

बिहीबार राति अस्पतालको प्रयोगशालामा कुल ३ सय ८ स्वाब परीक्षण गरिएकोमा ती मध्ये पर्सा जिल्लाका ४२ जनामा संक्रमण देखिएको हो ।



संक्रमण देखिनेमा पर्सागढी नगरपालिका ८ हरपुर र कालिकामाइ गाउँपालिकामा दुई/दुई जना रहेका छन् । वीरगञ्ज ११ श्रीपुरमा चार, राधेमाइ टोलमा ६ जना, नगवा र अशोकवाटीका टोलमा तीन/तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज २१ लिपनी बिर्ता, छपकैया तथा पानीटंकी टोलमा समेत संक्रमीतहरु भेटिएका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी र थुनुवामा रहेका दुई जनामा पनि कोरोना देखिएको छ ।

सम्बन्धित समाचार