दाऊदसँग नाम जोडिएपछि पाकिस्तानी अभिनेत्री आक्रोशित

मोस्ट वान्टेड अन्डरवर्ल्ड गुण्डा नाइके दाऊद इब्राहिम बेला-बेला चर्चामा आउँछन् । कहिले गुण्डागर्दीका कारण चर्चामा आउँछन भने कहिले युवतीसँगको विषयमा । यतिबेला एक पाकिस्तानी अभिनेत्रीको नाम उनीसँग जोडिएको छ ।

महविश हयात नाम गरेकी पास्कितानी अभिनेत्रीको नाम दाऊदसँग जोडिएपछि उनी आक्रोशित बनेकी छिन् । ट्वीटर मार्फत उनले यो भारतीय मिडियाको एजेण्डा भएको बताईन् ।



ग्ल्यामर गर्लका नामले समेत चिनिने हयातले पाकिस्तान नागरिक पुरस्कारमध्येको एक ‘तमगा ए इम्तियाज’ पाएकी थिइन् । ३७ वर्षीया हयातले आइडट डान्सबाट आफ्नो करिअरको शुरूआत गरेकी थिइन् । उनी गायिका समेत हुन् भने उनी चर्चित कार्यक्रमको उद्घोषण पनि गर्दै आएकी छिन् ।

भारतीय सञ्चारमाध्यमले चर्चामा आउनका लागि आफूलाई दाऊको प्रेमिका भन्दै आएको उनले बताइन् । अबदेखि अफवाह नफैलाउन उनले भारतीय मिडियालाई सचेत गराएकी छिन् ।

सम्बन्धित समाचार