विवाह भएको २२ महिनासम्म पनि श्रीमतीले सम्बन्ध राख्न नदिएपछी…

अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो । भारतको गुजरातको अहमदाबादमा सुरेन्द्रले आफ्नी पत्नीसँग हैरान भएर यस संसारबाट विदा लिएका हुन् । यस घटनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

उनकी सासुले एफआईआरमा बताइन् कि उनी घर गए पनि उनले दुबैलाई छुट्टै सुतिरहेको देखेकी थिइन् । सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन । छोराले आमासँग गीताले आफुसँग नसुत्ने शपथ खाएको बताएका थिए ।



सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । अक्टोबर २०१८ मा उनले गीतासँग बिहे गरेका थिए । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

सुरेन्द्र सिंहलाई विवाह भएको २२ महिना पछि पनि शारीरिक सुखभोग राख्न नपाउँदा तनाव भएको थियो । पछि, ती दुईबीच झगडा पनि भयो । गीता घर छोडेर आफ्ना बाबुआमाको घरमा गइन् । २७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा पंखाको सहयोगमा उनी यो संसार छोड्न वाध्य भएका हुन् ।

सम्बन्धित समाचार