नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।
बलिउड अभिनेत्री कंगना रनोटको नयाँ चलचित्र ‘तेजस’ को सुटिङ आगामी डिसेम्बरबाट सुरु हुने भएको छ ।
‘तेजस’मा कंगना लडाकु विमानको पाइलटको भूमिकामा देखिने छिन् । चलचित्रको फष्टलुक पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक गरिएको लुकमा कंगनाले एयरफोर्स पाइलटको युनिफर्म लगाएकी छन् ।
कंगनाको टीमले चलचित्रको औपचारिक घोषणा गरेको छ। चलचित्रको निर्देशन सर्वेश मावराले गर्नेछन् ।
#Tejas to take-off this December! ✈️ Proud to be part of this exhilarating story that is an ode to our brave airforce pilots! Jai Hind 🇮🇳 #FridaysWithRSVP@sarveshmewara1 @RonnieScrewvala @rsvpmovies @nonabains pic.twitter.com/2XC2FgnQKb
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) August 28, 2020