नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो ।
जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

