नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।
शनिबार काठमाडौंका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।
त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा असुविधा पुग्ने प्राधिकरणले जनाएको छ ।